नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

1612

काठमाडौँ – नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन् । चितवनमा आइतबार राति गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

भदौ १७ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएकी उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि भदौ १५ गते अस्पतालमा भर्ना गरिएको थियो । 

त्यस्तै मोरङका एक कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । उनको पनि आइतबार राति नै कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भदौ २६ गते संक्रमण पुष्टि भएको थियो । 

त्यस्तै भैरहवामा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको पनि आइतबार राति नै कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई कोरोना संक्रमण देखिएपछि आइसोलेशनमा राखेर उपचार गरिएको थियो । 

त्यस्तै बुटवलमा पनि शिवराज-५ की ४७ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको बुटवलको धागो कारखानामा रहेको कोभिड अस्तालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।क्यानाडानेपाल