“ग्रिन जोन” बनाउन लागिएकोमा काङ्ग्रेस पर्साका सचिव पटेलद्वारा चिन्ता प्रकट

1648

२८ भदाै । नेपाली कग्रेस पर्साका जिल्ला सचिव शयाम पटेल ले जिल्लालाई ग्रिन जोन बनाउन लागिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

कोरोना परिक्षणको दयारा घट्न थालेपछि संक्रमित थपिने क्रमपनि घटेको हो । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराउँदै आएको तथ्यांक अनुसार पर्सामा गरिने कोरोना परिक्षणको दायार घटेको छ ।

पिसिआर परिक्षणको दायरा घटाएर पर्सालाई ग्रिन जोन बनाउन नहुने उनको भनाई छ । भारतसँग सिमा जोडिएको पर्सा जिल्लाका विभिन्न चोरनाका हुँदै सर्वसाधारणको प्रवेश अझै सम्भव रहेका कारण समुदायमा संक्रमण अझै व्याप्त रहेको उनले भने ।
बीरगन्ज मा पिसिआर को दाएरा बढाउनु को सटा परिक्षणको दायरा घटाउनु दुखःद भएको सचिव श्याम पटेल ले बताएका छन् ।

कुराकानीमा सचिव पटेल ले पछिल्लो समय प्रशासनले कुल स्वाब परिक्षणको संख्या देखाउन छोडेका कारण पनि परिक्षण दायरा साँधुरिएको प्रष्ट भएको बताए ।

समुदायमा फैलिएको संक्रमण नियन्त्रणमा महानगर तथा स्थानिय प्रशासन बेलैमा जिम्मेवार नबन्ने हो भने अवस्था थप भयावह हुन सक्ने सचिउ पटेल को भनाई छ । बीरगन्जसँग सिमा जोडिएका भारतका सबै नाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन उनले प्रशासनलाई आग्रह गरेका छन् ।