सुरक्षित रौतहट हाम्रो अभियान : प्र.उ. विरबहादुर बुढामगर

101

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा आउनु भएका प्रहरी उपरिक्षक विरबहादुर बुढा मगरले सुरक्षित रौतहट हाम्रो अभियान रहेको कुरा बताउनु भयो ।

प्रहरी उपरिक्षक विरबहादुर बुढा मगरले संचारकर्मीहरु विच बुधवार अन्तरक्रिया एवं परिच्यात्मक कार्यक्रममा सो कुरा बताउनु भयो ।

उक्र अन्तरक्रिया कार्यक्रममा संचारकर्मीहरुले अपराध अनुसन्धान, विभिन्न खाले अपराधिक गतिविधि, अबैध मदिरा विक्रीवितरण, पिडितलाई विना पैसाको मुद्दा दर्ता नहुँने, सिमाको चोरी तस्करी, जघन्य प्रवृतिका अपराधमा मोटो रकमको चलखेल आदी लगायतका गम्भीर प्रश्नहरु उठाएका थिए ।

संचारकर्मीहरुले उठाएको प्रश्नको जवाफ दिदै हिजो मात्रै रौतहटको कार्यभार सम्हालेका एसपी मगरले अपराध अनुसन्धानमा हामी कसैसंग कुनै सम्झौता गर्न नसकिने कसुर अनुसारको कारवाही गरेर कानुनी कटघेरामा ल्याउने प्रतिबद्धता जनाउदै अनुसन्धान कार्यमा अलिकति ढिलो हुने गरेको हुँदा धर्य राख्न आग्रह गरे । पिडितहरुलाई विनाभेदभावको मुद्दा दर्ता गराउनमा मद्दत पुर्याउने बताए ।

प्रहरीको आचरण राम्रो भएन भने समाजमा प्रहरी माथि गरिएको आशा र भरोसा सकिने भएको हुँदा नेपाल प्रहरीको मूल मन्त्रलाई आत्मसाथ गर्दै प्रहरीले आफनो आचरणमा सुधार लयाउनुपर्ने बताए । सिमाबाट हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्नमा आफूबाट हुने सकारात्मक सबै सहयोग गर्ने तथा रौतहट जिल्लालाई अपराधमुक्त बनाउने स्पष्ट पारे ।

सो कार्यक्रममा नेपाल प्रहरीको डिएसपी सुनिल मल्ल, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, सचिव मदन ठाकुर, महासंघको पूर्व अध्यक्ष शैलेन्द्र कुमार गुप्ता, द हिमाल्यन टाईम्सका रौतहट प्रतिनिधि प्रभात झा सहितका संचारकर्मीहरुको उस्थिति रहेको थियो ।

समाचार सहयोग- तराई टपबाट