रौतहट ३ भदौ । रौतहट जिल्लाको सदरमुकाम गौर महादेवपट्टी दशगजामा नेपाली लाखौं रुपैयाँ सहित दुई जना भार्तीय महिला पक्राउ परेकी छिन्।
खुल्ला सिमानाका भएको कारणले बोर्डर एरिया अवैध कारोबार अहिले पनि भैनै रहेको देखिएको हो। चैत ११ गते देखि दुवै देशका सरकारले बोर्डरमा पुर्ण रुपले अावतजावतमा रोक लगाएता पनि भार्तीय सुरक्षाकर्मीले कुनै चासो न देखाएको देखिएको हो।
स्रोत नखुलेको ६ लाख ४० हजार रुपैयाँ सहित भारत बिहार राज्यको सितामढी जिल्लाका बैरगनिया ग्राम पंचायत वडा नंबर १ सिन्दुरीया निवासी ४५ बर्षीय सान्ती देवी र मिना देवी पक्राउ परेकी छिन्।
पक्राउ परेकी दुवै महिला दशगजा क्षेत्रमा घाँस काट्ने बहानाले अाएको र दुवै महिलामाथि संका लागेपछि प्रहरी सहायक निरीक्षक मनोज सिंहको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्दा स्रोत नखुलेको रुपैयाँ पक्राउ परेको प्रहरी उपरीक्षक रविराज खड्काले जनाएको हो।
पक्राउ परेकी दुवै महिला र रुपैयाँ माथि जिल्ला प्रहरी कार्यालय रौतहटमा अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक खड्काले जनाएको हो।