रौतहट — रौतहटको देकाही गोनाहि नगरपालिकाद्वारा आयोजित होली मिलन समारोह कार्यक्रम आज बुधबार सम्पन्न भएको छ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको सभाहलमा नगर प्रमुख प्रेमलाल साह कानुको अध्यक्षतामा होलिको शुभ अवसरमा होली मिलन तथा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। हिन्दुहरुको महान पर्व रंग अबीरको पर्व होलीको शुभ कामना आदान प्रदान कार्यक्रममा उपस्थित नेता कार्यकर्ता तथा अतिथिहरुले आपसी सद्भावको साथ साथै होली पर्वले एक आपसमा मेलमिलापको सद्भावनालाई बलियो बनाउने भएकोले सबै एक आपसमा मिलेर आउदो होली हर्सोउल्लासका साथ मनाउन नगर प्रमुख साह कानुले बताउनु भएको छ । कार्यक्रममा होलि पर्वको मध्य नजर गर्दै होली पर्व मनाउने क्रममा सिमित मात्रामा खानपीन गर्ने जथाभावी लागु पदार्थ सेवन गरि सवारी साधन नचलाउन सम्पूर्णमा आग्रह समेत गर्नु भएको छ। हिन्दूहरूको महान पर्व असत्य माथि सत्यको विजयी प्राप्त गरि ऐतिहास खडा गरेको होली दहनलाई होली पर्वको रूपमा मनाउँदै आएको छ ।
होली पर्वको अवसरमा शुभकामना आदानप्रदान गरि समुदायको कुनै किसिमको भेदभाव नगरी स्नेहको सन्देश प्रवाह गर्न मेयर साह कानुले आग्रह गरेको छन ।
उक्त कार्यक्रममा देवाही गोनाहि नगरपालिकाको उपमेयर परनिया देवी, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, योजना शाखा अधिकृत मुकेश पटेल, लेखा अधिकृत प्रदिप यादव, वडाध्यक्षहरु लगायत कर्मचारी ,कर्यापालिका सदस्य ,बुद्धिजीवी, कर्मचारी शिक्षक, समाजसेवी, पत्रकारहरुको उपस्थिति रहेको थियो।