रौतहटको माधवनारायण नगरपालिका सिल

2300

रौतहट २ भदौं । रौतहट जिल्लामा आज मगलवार एकै दिन पाँच कोरोना संक्रमित फेला परेको भन्दै रौतहटको माधवनारायण नगरपालिका १५ दिनको लागी सिल गरिएको छ ।

माधवनारायण नगरपालिकाको वडा नं. १ दिपहीमा कन्ट्याक्ट टे«सिङ्ग गरी ६३ जनाको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाण्डौंमा पठाइएकोमा ती मध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएकोले समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको नगरपालिकाको ठहर छ । संक्रमण फैलन नदिन २ गते राति १२ बजे देखि भदौ १७ गते राति १२ बजे सम्मको लागी सिल गरिएको नगरपालिकाका मेयर वीरेन्द्र प्रसाद यादवले बताए ।

यो अवधिमा अत्यावश्यक सेवा बाहेक अन्यै सबै किसिमका व्यापार व्यवसाय, बजारमा मानिसहरुको आवतजावतमा समेत प्रतिबन्ध लगाइएको मेयर यादवले बताए । कोविड १९ भाइरस परिक्षणका लागी स्वाब दिएका व्यक्तिहरुलाई अनिवार्य रुपमा घरमै बस्न समेत नगरपालिकाले आग्रह गरेको छ । समुदाय तथा नगरवासीलाई संक्रमणबाट जोगाउन नगरपालिका सिल गरिएको मेयर यादवले बताए ।