डीआईजी पोखरेलकाे खातामा भेटियो शंकास्द पैसा

48

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेर सबै प्रहरी अधिकारीहरुको बैंक खाता जाँच गरिने बताएको केही समयमा नै एक प्रहरी अधिकृतको खाताबाट संकास्पद कारोबार भएको भेटिएको छ ।

आइजीपी कुँवरले बैंक खाता जाँच गर्ने बताईरहँदा प्रहरी संगठनभित्र त्यो पनि मधेस प्रदेशजस्तो महत्वपूर्ण ठाउँमा रहेका एक डिआइजीको खाताबाट संकास्पद कारोबार भएको देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उद्घाटन कार्यक्रममा उनले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेकाले कुनै गलत काममा नलाग्न आईजीपीले चेतावनी दिएका थिए ।

उच्च स्रोतका अनुसार मधेस प्रदेशका डीआईजी यज्ञबिनोद पोखरेलमाथि छानविन भइरहेको छ । उनीमाथि आइजीपी कुँवरले खाता चेक गर्ने र उनीमाथि अनुसन्धान थाल्नु एउटा संयोग मात्र नभई उनले गर्ने गरेका गलत कृयाकलापको पर्दाफास हुने बेला समेत भएको छ । स्याल कराउनु र कुखुरा हराउनु जस्तै भएको छ अहिले डिआइजी पोखरेललाई ।

डिआइजी पोखरेल आफैमा बद्नाम प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनी क्षमताभन्दा बढी पावर लगाएर प्रहरी फेर्सभित्र राम्रा पोष्टिङ हात पार्दै आएका अधिकृतमध्येमा पर्छन ।

डिआइजी पोखरेलको खातामा केही शंकास्द कारोबार भेटिएपछि उनलाई भित्री रुपमा अहिले छानबिन चलाईरहेको स्रोतको दाबी रहेको छ । आइजीपी कुँवरले पनि आफ्ना संगठनभित्रका यस्ता भ्रष्ट अधिकृतलाई तह लगाउनकै लागि रुपन्देहीमा पुगेर बैंक खाता चेक जाँच गर्ने बताएका हुन् । अहिले डिआइजी पोखरेलको विषयमा बुझ्नको लागि प्रधान कार्यालयले केही घुमुवालाई झिकाएर उजुरी माथि छानविन शाखाले सोधपुछ गरिरहेको छ ।

जसक्रममा केही बिचौलिया मार्फत लेनदेन भएको तथ्य सबुत भेटिएको छ । जितेन्द्र कर्ण नामक बिचौलियामार्फत उनले तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको हो ।

डीआईजी पोखरेल नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा मधेस प्रदेश गएका थिए । सुरुदेखि नै कमाण्ड कमजोर भएको आरोप उनीमाथि लाग्दै आएको छ । सधै राजनीतिक संरक्षणमा राम्रा पोष्टिङमा रमाउँदै आएका उनीमाथि छानविन गरी गृह मन्त्रालयले समेत सरुवा गर्न लागेको स्रोतले बताएको छ । तथापी उनीमाथि साच्चै कारबाही होला या सुनपानी छर्किने काम मात्र होला भन्ने विषय चाहि प्रतिक्षामै रहेको छ ।

साभार : कान्तिपथ