जनकपुुरधाम। धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको झण्डै एक करोड नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। धनुषाको जनकनन्दनी गाँउपालिका-५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो।मंंगलबार दिउँसो जनकनन्दनी १ इनरुवा चेक प्वाईन्टको सीमा ईलाकामा आलुको बोराभित्र आलुसँगै नगद राखेर ल्याउँदै गरेको स्राेत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल-८ गणले जनाएको छ।
भारतबाट आएको ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरा लिएर आइरहेका उनीहरुमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उक्त नगद भेटिएको हो।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नगद र मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।