बुवाको नाममा रहेको जग्गा ठूलो दाईले हडप्यो : पिडित स्याम सुन्दर साह

1544

अमित ठाकुर।रौतहट।बैशाख १५। रौतहट जिल्लाको साविक गा.बि.स झुनखुन्वा हाल यमुनामाई गाउँपालिकाका अ.७० बर्षीय श्यामसुन्दर साहले बुवाको हकबाट पाउँनु पर्ने जग्गा ठुलो दाइ रामचन्द्र साहले हड्पेका छन्। २०३२ सालमा सामाजिक परम्परा अनुसार बिहे भए पश्चात् २०३४ साल देखि हाम्रो घरमा एकरुपता थिएन्।हाम्रा दुवै दाजु भाईमा बिवादै बिवाद उत्पन्न भयो।पछि मेरो सन्तानको रुपमा ५ जना छोरी नै पाए । पछि झन् छोरी जन्मिए पछि बुवा आमा र जेठो दाइ अर्कै मान्सिकताले हेर्न थाल्यो । दुवै दाजु भाईमा बिवादै बिवाद उत्पन्न हुन थाले पछि बुवा रामदेव साह २०३५ सालमा अंसबन्डा गर्नु भयो। बुवाको नाउँमा लगभग २० बिघा जग्गा मध्ये ५ बिघा ७ कठ्ठा मेरो नाउँमा र ५ बिघा ५ कठ्ठा ठुलो दाइ राम चन्द्र साहको नाउँमा गरे। बाँचेको सबै जग्गा बुवा आफ्नै नाउँमा राखे। जग्गा जमिनकै बिषयमा पछि बिवाद हुँदा बुवा रामदेव साहले २ बिघा १३ कठ्ठा सानो छोरा स्याम सुन्दर साह र नातिनी रन्जु साहको नाउँमा गरे । भने २ बिघा १३ कठ्ठा राम चन्द्र साह र उन्को छोरा हरेराम साह र राम गोबिन्द साहको नाउँमा गरे। पछि ५ बिघा १० कठ्ठा १५ घुर जग्गा बुवा रामदेव साह आफ्नै नाममा राखे। बुवाको स्वास्थ्य अवस्था बिग्रे पछि ठुलो दाइ राम चन्द्र साहले उपचार गराउन गौर ल्याएको बेला बुवा संग जालसाजी गरि साविक मालपोत कार्यालयमा कागजि प्रकृया मिलाई २०७१ साल असाढ मसान्तमा बुवाको नाउँमा रहेको बाँकी सबै जग्गा ठुलो दाइ राम चन्द्र साहले आफ्नो श्रीमती सान्ती देवी साह र छोरा हरेराम साह,रामगोबिन्द साहको नाउँमा गराए। पछि २०७४ साल फागुन ९ गते बुवाको मृत्यु भयो। मृत्यु पश्चात् बाँकी रहेको जग्गा बाँडफाँड गर्न ठुलो दाइ राम चन्द्र साहलाई भन्दा सो जग्गा एकलौटी बुवा मेरो नाममा गर्दिएको हो। मेरो जग्गा खालि गर भन्दै मानसिक टर्चरको साथ साथै शारीरिक यतना पनि दिन थाल्यो। पछि जिल्ला अदालतमा उल्टै म माथि नै जग्गा सम्बन्धि मुद्दा गरिएको हो। सो अंसबाट पाउनु पर्ने जग्गा विभिन्न निकायको सर्तनामा कागजात रहेता पनि हाल सम्म सो कागजात फिर्ता गरिरहेका छैनन् । सोको लागि ठगी सम्बन्धि प्रहरीमा उजुरी दिएता पनि आफू बाच्नको लागि विभिन्न बाटो अपनाई रहेका छन्।