बलात्कारको आरोपमा प्रहरीमा उजूरी

1010

अभय दुबे ।। कलैया बारा साउन २५ गते ।। एक २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बारामा एक उजूरी परेको छ । बारागढी गाउँपालिका–२ बिसुनपुर्वा निवासी ४० वर्षीय पन्नालालसाह तेलीको विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएकी हु्न । पिडीत परिवारका अनुसार महिलालाई साउन १७ गते शनिबार राति ८बजेको समयमा शौचालयबाट आएर चापाकलमा हात धोइराखेको अवस्थामा बलात्कार गरिएको हो । उनको मुखथुनेर घर नजिकै रहेको फुलबारीमा लगि बलात्कार गरेको भनाई आफन्तको हो ।
आरोपितले घटनाका विषयमा घरपरिवारमा जानकारी दिएमा आफु र घरपरिवारका सदस्यलाई आक्रमण गरी गाँउ निकाला गर्ने धम्की दिएको पीडित महिलाले बताईन् । पीडितको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा साउन २० गते भएको पीडितले बताए । घटना जानकारी हुनासाथ दुबै पक्षलाई राखेरबुझ्ने प्रयास गर्दा आरोपित उपस्थित नभएकाले पीडितलाई जिल्ला प्रहरी कार्यालयमा जानका लागि सल्लाह दिएको सोही वडाका वडा अध्यक्ष कृष्णप्रसाद चौधरीले बताए । महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रमाणका आधारमा थप अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।