भोली देखि लाग्ने निषेधाज्ञाले सदरमुकाम गौरमा किनमेल गर्नेहरुको भिडबाट कोरोना संक्रमणको खतरा बढे

1105

रौतहट, २३ साउन । रौतहट सदरमुकाम गौर सहित जिल्लाको विभिन्न बजारिया क्षेत्रमा सर्वसाधारण जनताहरुको भिडभाड निकै बढेर जाँदा कोरोना संक्रमणको खतरा बढेर गएका छन् ।
समुदायमा कारोनाको संक्रमण देखा पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्ला भरी नै साउन २४ गतेबाट ९ दिन सम्म निषेधाज्ञा लगाउने निर्णय संगै किनमेल गर्न स्वस्फूर्त रुपमा नागरिकहरु घरबाट बाहिर निस्कदा बजार क्षेत्रमा भिडभाड बढेर गएका हुन् ।
बजार क्षेत्र बाहेक सदरमुकाम गौरमा रहेका वित्तिय बंैकहरु, करदाताको कार्यालय, मालपोत कार्यालयको साथै जिल्ला प्रशासन कार्यालयमा लागेको भिडबाट संक्रमण फैलिन खतरा बढेर गएपनि त्यसलाई नियन्त्रण गर्न कुनै ठोस व्यवस्थापन भएको देखिएन । मालपोत कार्यालयमा जग्गा पास गराउनेहरुको भिड, वैंकमा पैसा झिक्नेहरु, करदाता कार्यालयमा करचुक्ता तथा खाता प्रमाणित गराउनेको भिड तथा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेहरुको भिडबाट देखिन्थ्यो यहाँ कोरोनाको डर कसैलाई छैन स्थानीय गौरका नागरिक पुष्प यादवले गुनासो गरे ।
सरकारी कार्यालय बाहेक आवश्यक सामानहरुको किनमेल गर्ने स्थानहरुमा त्यतीकै भिड देख्दा निकै चिन्तीत बनाएको छ । स्वस्थ मानिस बाहिर निष्किदा उनीहरु पनि कतै संक्रमित भएर घरमा जाँदा परिवारका सदस्यहरु पनि विरामी पर्ने अवस्था सृजना हुने अवस्थामा स्थानीय प्रशासनको त्यस तर्फ ध्यान जानु निकै आवश्यक रहेको उनले भने ।
बजार क्षेत्र तथा सरकारी कार्यालयमा बढेको भिडलाई नियन्त्रण किन गर्नुभएन प्रश्नको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले समाजिक दुरी कायम गरेर आ आफनो किनमेल गर्न समय दिएकोमा सोको दुरुपयोग भएको स्वीकार गरे ।
नागरिकता बनाउन आउनेको होवातै भिड बढेपछि लामबद्ध गराएपनि उनीहरु झ्यालमा उभिने गरेको तथा अन्य जनताको प्रत्यक्ष उपस्थित हुने कार्यालयमा बढेको भिडबाट चिन्ता बढाए पनि भोली देखि पूर्ण रुपमा निषेधाज्ञाको पालना गर्न रौतहटबासी संग अपिल गरे । निषेधाज्ञाको अबहेल्ना गर्यो भने रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गरिने समेत चेतावनी दिए । सम्पूर्ण सरकारी कार्यालय बन्द रहने भएको हुँदा अत्यावश्यक अवस्था बाहेक सवै कार्य बन्द गरेर घरमा बस्ने आग्रह उनले गरे ।