रौतहट, २३ साउन । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ५ को वडाध्यक्षको देवेन्द्र ठाकुरको ५५ बर्षको उमेर गत सोमवार (१९ गते) निधन भएको पाँचौ दिनमा उनका परिवारका चार जनामा कोरोना संक्रमण भएको पुष्टि छ ।
आरडिटी परिक्षणमा निगेटिभ आएका वडाध्यक्ष ठाकुरको तिन दिनपछि निधन हुँदा जिल्लाभरी नै कारोनाबाट मृत्यु भएको खवर फैलिदा मृतको स्वाव संकलन नगरी उनका परिवारका १७ जना सदस्यको स्वाव संकलन गरिएका थिए । संकलन गरिएका १७ जना मध्ये शुक्रवार चार जनाको रिपोर्ट पोजेटिभ आउदा वडाध्यक्ष ठाकुरको पनि कोरोनाबाट मृत्यु भएको जानकारहरुले दाबी गरेको हो ।
मृतक ठाकुर दम, चिनी, प्रेशर लगायतको दिर्घ रोगबाट ग्रसित रहेका थिए, केही समय देखि गौरमै बसेर उपचार गराउदै आएको थियो । गत आईतवार राति श्वास फेर्नमा समस्या आएपछि उपचारको लागि सदरमुकाम गौर स्थित रौतटह नसिँग होममा लैजादै गर्दा बाटो मै उनको ज्यान गए ।
मृतक वडाअध्यक्ष ठाकुरको शव पैत्रिक गाउँ जटहारा लगिएर अन्तिम संस्कार गरिदा उनको अन्त्यठीमा निकै संख्यामा स्थानीय बासिन्दाहरु उपस्थित भएकोमा अहिले उनको परिवारका सदस्यमा कोरोना भएको पुष्टि भएपछि अन्त्यठीमा जानेहरुको पहिचान गरेर पिसिआरको लागि स्वाव संकलन गर्न स्थानीय समाजसेवी शम्भु गुप्ताले माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले मृतक वडाध्यक्ष ठाकुरको चार जना सदस्यमा कोरोना पोजेटिभको रिपोर्ट आउदा ठाकुर पनि कोरोनाबाट संक्रमित रहेकोबाट इन्कार गर्न नसकिने जवाफ दिए ।