श्री धन लक्ष्मी बचत तथा ऋण सहकारी संंस्था को ७ औ वार्षिक साधारण संपन्न

3929

रौतहट । श्री धन लक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेड गौर ५ को ७ औ वार्षिक साधारण सभा मंगलवार गौर स्थित रौतहट इस्टिच्युट अफ टेक्नोलोजीको प्रगानमाँ संपन्न भएको छ ।

मनोज गिरीको सभापतित्वमा भएको सो कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले सहकारीको विकास नभए सम्म सामाजिक विकास संभव नरहेको बताउनु भएको छ । उहाले सामाजिक आर्थिक विकासको लागि सहकारीको विकास महत्वपूर्ण भएको जोड़ दिनुभएको हो ।

प्रमुख आतिथिको आसन्नबाट सम्वोधन गर्दै महिलाहरुको जागरूकता सहभागिताले सामाजिक परिवार्ता भैरहेको आभास भएको उल्लेख गरे । मेयर गुप्ताले सहकारिको माध्यमबाट नै सामाजिक विकास संभव रहेकोले समृद्ध नेपाल सुखी नेपाली अभियान पूरा गर्न सहकारीको विकास गर्नु पर्ने धरना राखे । सहकारी सस्थामा गरीव , आर्थिक अवस्था कमजोर भएका परिवारहरु जोडिएकोले ऋण प्रवाहको प्रक्रिया सहज बनाउन संचालकहरुलाई आग्रह गरे ।

ऋण लिन कानूनी प्रक्रिया जटिल रहेकोले ऋण लिन समस्या भैरहेको उहाको भनाइ रहेको छ । कर्जा प्रवाह गर्ने वित्तीय सस्था बैंक हरु बढ़ी भए पनि बैंकबाट कर्जा लिन सवै व्यक्ति सक्षम हुने अवस्था नरहेकोले सहकारी सस्था मार्फत ऋण लिन सजिलो हुनु पर्ने वातावरण बनाऊन आग्रह गरे ।

मेयर गुप्ताले सामाजिक कार्यमा लगानी गर्नु पर्ने योजना बनाउन आग्रह गरे । चिसो , पीडीत , बाढी पीडीत , दैविक प्रकोपमा परेकाहरुलाई सहयोग गर्न छूटै कोष खड़ा गर्न समेत सुझाव दिए । प्रमुख गुप्ताले सहकारी सस्थाहरुले जनताको विस्वास जित्नु पर्ने कार्य गर्नु पर्ने जोड़ दिदै सहकारीको विकासको लागि गौर नगरपालिका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सहकारीमा लगानी गर्दा आफ्नो लगानी सुरक्षित छ छैन भनी निगरानी गर्नु पर्ने सवै शेयर बचत कर्ताहरुलाई सुझाव दिएका छन । कार्यक्रममा गौर नगरपालिकाको उपप्रमुख किरण ठाकुरले सहकारीको विकास भए आर्थिक विकास हुने दावी गरे । साधारण सभामा सस्थाका आर्थिक कारोबार को विबरण प्रस्तुत गरेका थिए । सस्थाल १ करोड रुपैया लगानी गरेर २७ लाख रुपैया नाफा गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई मायाको चाइनो प्रदान गारी सम्मानित गरिएको थियो ।

कार्यक्रममा, उपमेयर किरण ठाकुर, समाजावदी पार्टीका नेता रेवन्त झा, मधेशी नेत्रित्व पुञ्जका केन्द्रीय संयाेजक ललित मिल्लक शानु, नेपाल पत्रकार महासंघ राैतहटक अध्यक्ष रविन्द्र साह लगायतले सधारणा सभाकाे सफलताकाे कामना सहितकाे मन्तव्य राखेका थिए ।