रौतहट ५ असार ।। गुणस्तरिय कामको लागि मेयर रीना साहको अनुगमन तिब्र रूपमा काम गरेको अनुगमन गरेकी छिन ।
आर्थिक वर्षको अन्त्यतिर आषाढ़मा आएर हतार हतारमा विकास निर्माणको गुणस्तरहिन काम गर्ने र छिटोछिटो गरेर अपारदर्शी ढंगले बजेट लूटने प्रवृतिलाई रोकन मौलापुर नगरपालिकाका नगरप्रमुख रिना साहले कमर कसनु भएकोछ ।
आज मौलापुर नगरपालिका अन्तर्गत निर्माण भईरहेका बिभिन्न महत्वपूर्ण आयोजनाहरूको निरीक्षण गर्नु भयो । निर्माण कार्य हुने महत्वपूर्ण समयमा कोरोना क़हर र लकडाउन शुरू भएको कारण निर्माण कार्य ढिला भएकोले यसलाई गुणस्तरिय बनाउन निरन्तर अनुगमन निरीक्षण गर्नु सराहनीय कार्य हो ।
सोनरनियाबाट बसवरिया भन्सार हुदै सिधा भारत जोड़ने सड़कको अनुगमन संग़ै सोनरनियाकै वर्डाकार्यालय भवन, सामुदायिक भवन , चौतरा, सड़क ढलान लगायतको महत्वपूर्ण योजनाहरूको अनुगमन गरेका छन ।