फर्जी विमा लेख नम्वर खडा गरेको रहस्य खुले

429

रौतहट । रौतहटको सदरमुकाममा रहेको लाइफइन्सोरेन्स कर्पोरेसन शाखाबाट फर्जी विमा लेख नम्वर खडा गरेको रहस्य खुलेको छ । सन् २००५ मा एलआइसी नेपाल लिमिटेड स्थापना भएका थिए ।

एलआईसी नेपाल लिमिटेडको गौर शाखामा सन् २०२० को डिसेम्बर महिनामा फर्जी विमा धारकहरु खडा गर्नमा तत्कालिन शाखा प्रबन्धक विपिनकुमार साहको भुमिका शंदेहपूर्ण एवं नेपाल राष्ट्र बैंकको वित्तिय नियमावली विपरित रहेको देखिन्छ । जसमा भारतीय जिवन विमा कर्पोरेसनको ५५ प्रतिशत सेयर होल्डर र ४५ प्रतिशत नेपालीहरुको शेयरमा संचालनमा आएका एलआइसी नेपाल लिमिटेडलाई नेपालमा नम्वर वन विमा कम्पनी बनाउन फर्जी नक्कली विमा लेख नम्वर विमा धारक ग्राहक खडा गरेको रहस्य खुलेको हो ।

श्रोतका अनुसार यस्ता फर्जी विमा धारकहरु गौर शाखामा मात्रै नभई मुलुकको अन्य शाखाहरुमा खोलिएर एलआईसीलाई नम्वर वन बनाउने होडमा संलग्न एलआइसीका कर्मचारीहरुको नक्कली धन्धाहरु सार्वजनिक हुन थालेपनि त्यस्ता कर्मचारी वा शाखा प्रबन्धकलाई अहिले सम्म कारवाही गरिएको नदेखिदा कतै माथिल्लो निकायकै मिलोमतोमा यस्ता पौलेसी रहेको त होइन ति श्रोले आशंका व्यक्त गरे ।