अभय दुबे कलैय बारा २१ असार ।। बाराको प्रसौनी गाउँपालिकामा आईतवारका दिन वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ। प्रधान मन्त्रि स्वरोजगार तथा वडा को संयोजकमा कार्यक्रम भएको छ। उक्त वृक्षा रोपन प्रसौनी गाउँपालिकामा वडा नम्बर ३ नौतन गण्डकमा भएको छ।
उक्त कार्यक्रममा दुई लाख ७३ हजारको लागतमा भएको छ भने मलेसियन सालको बोट १०० वटा र असोकको बोट २०७ वटा गरि कुल मिलाएर ३०७ वटा बोट रहेका छन्। उक्त कार्यक्रममा सहभागी प्रसौनी गाउँपालिकाको अध्यक्ष भोला प्रसाद गुप्ताको, प्रसौनी गाउँपालिकाका उपाध्यक्ष गीता साह,प्रसौनी गाउँपालिकामा वडा नम्बर ३ का बैजु गुप्ता,प्रसौनी गाउँपालिका रोजगार संयोजक मुकेश गुप्ता, ईलाका प्रहरी कार्यालय गण्डकको प्रहरी निरीक्षक ओमप्रकाश यादब तथा प्रसौनी गाउँपालिकामा वडा नम्बर ३ वडा सदस्यहरुको सहभागिता थियो। कार्यक्रमको अध्यक्षता बैजु गुप्ताले गर्नु भएकाे थियो।