रौतहट , २१ असार ।। जिल्ला समन्वय समिति कार्यालय रौतहटका पदाधिकारी , समन्वय अधिकारीहरुको अनुगमन समितिले जिल्लाको विभिन्न स्थानिय तहमा संचालन भएको पुर्वाधार विकास निर्माणका योजनाहरुको आइतवार स्थलगत अनुगमन गरेका छन ।
संघिय सरकारको तराइ मधेश स्मृद्धि कार्यक्रम तथा जिल्ला समन्वय समितिले सडक ,भवन निर्माणका लागी उपलव्ध गराएको रकमवाट निर्माण भएको पुर्वाधार विकासको कार्य अनुगमन निरिक्षण गरिएको हो ।
जिल्लाको यमुनामाई गाउपालिका वडा नं.४ सरुअठामा रहेको जनता माध्यमिक विधालयको पहिलो तल्लाको निर्माण गरिएको भवन लगत इष्टिमेट विपरित फेला परेको जिल्ला समन्वय अधिकारी सुमन कुमार कार्कीले बताउनु भएको छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष रामएकवाल राय यादव , उपाध्यक्ष राम आसिस राय यादव , सदस्य पपु झा , रइस मिया धुनिया ,धनमन्ती देवी र लेखा अधिकृत देव कुमार यादव ,इन्जिनियर विधान मल्लिक सहित संचारकर्मीहरुको अनुगमन टोली विधालयमा पुगेपछि भवन नक्सा र प्राविधिकको लगत इष्टिमेट सित मेल नखाएको देखिएको हो ।
समन्वय अधिकारी कार्कीका अनुसार समन्वय समितिको २६ लाग तथा गाउपालिकाको लगानी सहित ४७ लाख ८७ हजार ७३१ रुपैयाको लागतमा भुइ तल्ला निर्माण गर्नु पर्ने प्राविधिकले लागत इष्टिमेट बनाएकोमा विधालयको प्रथम तल्ला निर्माण गरिएकोमा इष्टिमेट विपरित भएको हो
भुइ तल्लामा निर्माण गर्नु पर्ने कुरा माथिल्लो तल्ला थप गरिएकोले विपरित भएको इन्जिनियर मल्लिकले जनाए ।
भवनको निर्माणको कार्य उपभोकता समितिले गरिरहेको वुझिएको छ । योजना स्थलमा होडिगं वोर्ड लगाएको अनुगमनको क्रममा कहि कतै देखिएन । ५ लाख भन्दा बढीको लागत भएको योजनामा होर्डिग वोर्ड लगाउनु पर्ने अनिवार्य गरे तापनि राजपुर नगरपालिका , देवाही गोनाही नगरपालिकाको संचालित योजना स्थलमा सो देखिएको थिएन । यमुनामाइ गाउपालकाका अध्यक्ष श्री प्रसाद मुखिया र सम्वन्धित वडा अध्यक्ष समेत अनुपस्थित रहेका थिए ।