उप प्रमुखद्वारा ४१० जनालाइ ग्यास सिलिन्डर बितरन

1490

रौतहट २१ असार ।। रौतहटको देवाही गोनाही नगरपालिका ७ उचिडिह टोलको सबै घर परिवारलाई ग्यास सिलिण्डर र चूल्हों वितरण गरिएकोछ ।

क्षेत्र न ३ का मा प्रभु साहको चुनावी प्रतिबद्धता अनुरूप उप मेयर परनिया देवी पटेलले अहिलेको कोरोना महामारी र लकडाउनमा सहयोग पुगोस भन्ने उद्देश्य राखेर ४१० परिवारलाई सिलिण्डर र चूल्हों उपलब्ध गराएका हुन ।

परम्परागत दाउराको चुल्हो बाल्दा धुँवाको कारण स्वास्थ माथी नराम्रो असर पर्ने र ग्याँस चुल्हो बाट गृहिणीको समय र पैसा दुबै बचित हुने भएकाले नगर क्षेत्रलाई धुँवा रहीत बनाउने उदेश्यका साथ आफुले गम्भीर भएर यस अभियानमा लागेको उप प्रमुख परनिया देबि पटेलको भनाइ छ।

प्रदेश सभा सदस्य मा कुन्दन कुशवाहा लगायतका साथीहरूको विशेष उपस्थितिमा सामाजिक दुरी कायम गर्दै सामग्रीहरू वितरण गरिएको माननिय प्रभु साहको स्वकीय सचिब बिजय यादबले बताए ।

कार्यक्रम मौलापुर नगरपालिकाकी प्रमुख रिना साह ,नेकपा नेता अमर साहको पनि उपस्थिति रहेको थियो।