रौतहट // रौतहट जिल्लाको इशनाथ नगरपालिका भित्रमा चालू आर्थिक वर्षको कार्यान्वयन भईरहेको योजनाहरुको मंगलबार अनुगमन गरिएको छ । योजनाको अवस्था , प्रगति , स्तरीयताको विषयमा नगर प्रमुख संन्तोष मेहता र निमित प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता संचारकर्मी सहित स्थलगत अनुगमन गरेका हुन ।
चालू आर्थिक वर्ष ०७६।०७७ को विकास अनुदानको रकमले निर्माण हुदै गरेको सड़क ,नाला ,विद्यालयको भवन ,लगायतको कार्यको निरिक्षण अनुगमन गरिएको छ । अनुगमनको क्रममा मेयर मेहताले जनताको समस्या बारे प्रत्यक्ष कुराकानी समेत गरेका छन । उहाले सञ्चालन रहेको योजनाको पारदर्शी रुपमा स्तरीय कार्य गराउन समेत सुझाव दिएको छ । स्थानीय वड़ा नम्बर ४ टोलमा रहेको सडकहरु निर्माणाधीन रहेको सडकको निरिक्षण गरिएको छ ।आवतजावतमा जाने सड़क निर्माणको कार्यले स्थानीयहरु हर्षित भएका छन । अनुगमनको क्रममा स्थानीयहरुले नगर प्रमुखको कार्य जनमुखी रहेको प्रतिक्रिया दिएका छन । निमित प्रमुख प्रशासकीय अधिकृत गुप्ताले लगत स्टीमेट अनुसार परिमाण आउनु पर्ने नभए भुक्तानी समेत नहुने चेतावनी दिएका छन ।