बाराको प्रसौनी गाउँपालिकामा १७ औं धान दिवस तथा रोपाई कार्यक्रम सम्पन्न

2299

अभय दुबे कलैया १५ असार ।। बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ७ मा धान दिवसको उपलक्षमा १७ अौ राष्ट्रिय धान दिवस कार्यक्रम मनाइएको छ। धान उत्पादन मा बुद्वि-आत्मनिर्भरता र सम्बिद्ध नाराका साथ धान रोपाई गरेर २०७७ अषाढ १५ गते कार्यक्रम मनाइएको छ ।

कार्यक्रम नर्मदेश्वर माहादेव कृषि सहकारी सस्था ली. को सहयोगमा भएको थियो भने आयोजक प्रसौनी गाउँपालिका कृषि शाखाले गरेका थिए । कार्यक्रमका प्रमुख अथिति प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता को थियो भने विशिष्ट अथिति प्रसौनी गाउँपालिका उपाअध्यक्ष गीता देवी साहको थियो। तेसै गरि कार्यक्रममा प्रसौनी गाउँपालिका वडा नम्बर २ का सुरेश गुप्ता , वडा नम्बर ४ का आनन्द कुमार गुप्ता , कृषि शाखाका मनिप्रकाश स्राफ्फ़ रुपनारायण महतो लगायत गाउँपालिकाका बिभिन्न कर्मचारी र स्थानीय किसानहरुको पनि सहभागिता थियो । कार्यक्रमको अध्यक्षता प्रसौनी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममणि गुप्ताले गरेका थिए।