रौतहट ०९ गते // नेपाली कांग्रेस मधेस प्रदेश र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ८ वटै जिल्लामा प्रदेश प्रतिनिधि खटाएको छ।
कांग्रेसले १० भदौदेखि २४ भदौसम्म हुने अभियानका लागि प्रदेश सदस्यहरूलाई प्रतिनिधिको रूपमा खटाएको हो। माहामन्त्री वृहत् श्रेष्ठ अनुसार प्रदेश प्रतिनिधिलाई वस्तुस्थिति बुझ्नेदेखि बन्न बाँकी रहेका संगठन उमेदवारको मुल्यांकन र संरचना निर्माणसम्मको जिम्मेवारी तोकिएको छ।
‘प्रदेश हरूलाई १० भदौभित्र अनिवार्य जिल्ला पुग्न निर्देशन दिइएको छ, ’ प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए , ‘प्रदेश प्रतिनिधि लाई वस्तुस्थिति बुझ्ने, बन्न बाँकी रहेका संगठन संरचना निर्माण र पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी अभियान सञ्चालनको जिम्मेवारी दिइएको छ।
पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता ज्युलाई सर्लाही जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ। कांग्रेसले खटाएको सूचीअनुसार रौतहटमा ससदिय बोर्ड सदस्य रामबाबु साह मा धर्मलाल लाल राय लाई खटाइएको छ भने अन्य जिल्लामा रविन कोईराला धुर्व रिजाललाई जिम्मेवारी दिइएको छ।
कांग्रेस कार्यालय मुख्यसचिव सन्तु प्रसाद यादब अनुसार जिम्मेवारी दिइएका प्रतिनिधिको पत्र समेत पठाई सम्बन्धित प्रतिनिधिलाई बुझाई सक्यो । नेपाली कांग्रेस मधेस प्रदेश प्रतिनिधिहरुलाई निर्वाचनको केन्द्रियलाई केन्द्रित गरि स्थलगत रुपमा खटाएको प्रदेश सभापति कृष्ण प्रसाद यादब ज्युको हस्ताक्षर गरेको पत्रमा उल्लेख गरेको छ ।