रौतहट पूर्ण रुपमा बन्द

2140

रौतहट । बारा र पर्सा जिल्लामा एकैपटक ४० जना कोरोना संक्रमीत भेटिएपछि रौतहटमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला सुरक्षा समितिले रौतहटमा अति आवश्यक औषधि ,दूध बाहेकका सम्पुर्ण कार्य समितिको निर्णय अनुसार हुने बताएको छ । अधिराज्य भरि कोरोना संक्रमितको संख्या २१७ पुगेकोले कोरोना भाईरसबाट बच्नको लागि जिल्लाका आमउपभोक्ताको लागि बिहिवार देखि दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म पुर्ण रूपमा कडाइका साथ लकडाउन रहने जनाएको छ ।
लकडाउनको समयमा घर बाट निस्केने जो कोहि उपर कानुनी कार्वाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छ ।
लकडाउन निषेधाज्ञाको रुपमा रहने र पास लिएकालाई रद्द गरिएको जनाएको छ ।