विधार्थी जागरण मन्च (बिजाम) कार्यक्रम सम्पन्न

125

रौतहट ।। रौतहटको सदरमुकाम गौर सहित जिल्लाको विभिन्न भुभागमा लागु औषध सेवन गर्नेको संख्यामा बृद्धि भएको बताईएको छ ।

गौर स्थित स्वास्थ्य कार्यालयमा भएको विद्यार्थी जागरण मञ्च (विजाम)ले आयोजना गरेको सरोकारवालाहरु संग कार्यक्रममा लागु औषधको सेवन गर्ने गरेको जानकारी गराएका छन् ।

पर्सा ,बारा , रौतहट र सर्लाही जिल्लामा बिजामले ४१ जना कर्मचारी कार्य क्षेत्रमा परिचालन गरेको छ । उनिहरुको प्रमुख जोड लागू पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने नै हो ।

कोहि प्रथमिक लागू पदार्थ प्रयोग गर्छन् भने लागू पदार्थ प्रयोग नगर्नमा जोड दिइन्छ । खास गरि लागू पदार्थको आनिकारक पक्षबारे जानकारी गराउछ । कोहि लागू पदार्थ प्रयोग गर्ने बानी परेको छ भने एउटै मौखिक खाने लागू पदार्थ खान जोड दिइन्छ ।

धेरै प्रकारको लागू पदार्थको प्रयोगबाट तथा अन्य तरिकाले लागू पदार्थ लिदा हुने हानिकारक पक्षबारे जानकारी दिएको छ ।

नेपालमा लागू पदार्थ प्रयोगको अवस्था हेर्दा नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागू औषध प्रयोगकर्ता रहेकोे देखिन्छ ।

यश अघि २०७९ मा गरिएको सर्वेक्षणमा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता थिए । २०७६ को सर्वेक्षण प्रतिबेदन अनुसार लागू औषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेकोे छ ।

नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागू औषध प्रयोगकर्ताको मधेस प्रदेशमा पुरुष १५ हजार ६ सय १४ जना रहेको छ भने महिलाको सख्या २ सय २० रहेको छ ।

मधेस प्रदेशमा लागू औषध प्रयोगकर्ता जम्मा १५ हजार ८ सय ४३ जना रहेको छ । रौतहटमा मात्र ७ सय ५९ जनाले लागु औषधको सेवन गर्ने मध्ये ६ सय २२ जनामा एच आई भि एड परिक्षण गर्दा २ जनामा पोजेटिभ फेला परेको छ ।

आयोजित कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बिपिन साहको अध्यक्षतामा सम्पन्न भएको थियो भन्ने कार्यक्रममा स्वास्थ्यकर्मी महेश यादव, अनिल कर्ण, सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादव , नेपाल रेडक्रस सोसाईटी रौतहट अध्यक्ष राजकिशोर यादव ,विजममा शैलेन्द्र साह, कर्मचारी ,पत्रकार लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।