जिल्ला अस्पतालको अवश्था निकै खराब

1376

रौतहट ८ असार । रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पतालको अवश्था निकै खराब रहेको छ । जिल्ला अस्पतालमा चाहिने आधारभूत सेवाहरु समेतको अभाव भए पछि अस्पतालमा आउने बिरामीहरुको बिचल्ली छ । अस्पतालमा रहेको प्रसुति गृह, मेडिकल वार्ड र इमरजेन्सी सेवा निकै दयनीय अवश्थामा छ ।

अहिले माहामारीको रुपमा फैलिएको कोरोनाको बेला अस्पतालमा सरसफाई नहुदा सो क्षेत्र दुर्घन्धीत बनेको छ । गौर अस्पतालले नयां व्यवस्थापन समिति पाए पछि पनि ठोस सुधार हुन सकेको छैन । बाहिर बाट रंग पोतेर अस्पताललाई टल्काइए पनि भित्र बिरामीहरुका लागिका लागि शौचालय, बाथरुम, बेसिन निकै फोहर रहेका छन ।

शौचालय र बेसिनमा पानीको अभाव रहेको बिरामीहरुले बताएका छन । बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी अवश्थामा रहेको छ । प्रभावकारी चिकित्सकीय सेवा उपलब्ध गराउन नसक्दा बिरामीलाई रेफर गर्ने अस्पतालका रुपमा गौर अस्पतालले आफ्नो परिचय बनाएको स्थानियहरुले बताएका छन ।

बिरामी बसने बेडमा नै बिरामीले खाना, पानि र औषधि पनि राख्ने गरेको उनीहरु बताउछन । त्यस्तै अस्पतालमा बिद्युतको ब्यबस्था नभएका कारण रातको समयमा आफैसंग भएका टर्च बालेर डिलेभरी गराउनु पर्ने बाध्यता रहेको एक जना कर्मचारीले बताए । अस्पतालमा औषधीको समेत समुचित व्यवस्था छैन ।

अस्पतालका मेडिकल सुपिटेन्डेन्ट कृष्णा साहले कोरोनाका कारण अस्पतालमा त्यती ध्यान दिन नसकेको र केही कर्मचारीहरुको अटेरी स्वभावका कारण अस्पतालको अवस्था बिग्रेको बताए । अस्पतालको अवस्था खराब भएका कारण रौतहटका केही यूवा समुहले तत्काल सुधार गर्नुपर्ने माँग राख्दै प्रदेश सरकार बाट प्राप्त अनुदान रकम, आय व्ययको बिबरण समेतको खोजबिन गरेका छन । अस्पतालका मेडिकल सुपरिडेन्टेन साहलाई ज्ञापन पत्र बुझाउदै उनीहरुले बिरामीहरुको सेवा सुविधा भन्दा अस्ताल अध्यक्षको कोठा ब्यबस्थापनमा बढी खर्च गरेको भन्दै आलोचना समेत गरेका छन ।