मिडिया परिचालन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

50

रौतहट । ग्रामीण बिकास केन्द्र नेपाल रौतहटको आयोजना तथा वल्ड भिजनको आर्थिक सहयोगमा रौतहटको चन्द्रपुरमा मिडिया परिचालन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा ग्रामीण बिकास केन्द्र नेपालको सहकार्यमा रौतहटको गरुडा नगरपालिका र माधव नारायण नगरपालिकामा संचालित परियोजनाको बारे जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको छ ।
मिडिया सम्बन्धी तालिममा सहभागि भएको परियोजनाका कर्मचारी र पत्रकारहरुलाई सहयोगी संस्था वल्ड भिजनका स्पोन्सरशिप फील्ड कोडिनेटर बाल कृष्ण खडकाले स्थानीय साझेदार संस्था ग्रामीण बिकास केन्द्र नेपालसंगको सहकार्यमा संचालित बाल सरक्षण र सामुदायिक संलग्नता तथा स्पोन्सरशिप साथै पोषण र उत्थानशील जीविकोपार्जन कार्यक्रमको अवधारण लक्ष्य एवं उदेश्यको बारेमा जानकारी गराएका थिए ।
खडकाले गरुडा नगरपालिकाम ३२५० र माधव नारायाण नगरपालिकामा ४ हजार गरी जम्मा ७ हजार २ सय ५० जना दर्ता गरिएका बालबालिका रहेको जानकारी गराए । अति गरीबी रेखामुनी रहेका परिवारका बालबालिका,कुपोषणका शिकार भएका हिंसामा परेका अशतm अपाग बालबालिकालाई सहयोगी संस्ीथाले सहयोग दिने गरेको उनले जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले समाचार लेखन बिषयके बारेमा प्रशिक्षण दिएका थिए । आयोजक संस्थाका उपाध्यक्ष ममता झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २० जनाको सहभागीता रहेको आयोजक संस्थाले जनाएको छ ।