रौतहटको पीसीआर रिर्पोट छिटो पठाउन नेपाली कांग्रेसको मागँ ।

1594

रौतहट, २९ जेष्ठ । संघीय सरकारलाइ कोभीड़ १९ को संकलित स्वाव परिक्षणको पीसीआर रिपोर्ट ढिलोको कारण रौतहटमा उत्पन्न भैरहेको समस्याको सम्वन्धमा नेपाली कांग्रेस रौतहटका निर्वाचित स्थानीय तहका प्रमुख सहितको टोली प्रमुख जिल्ला अधिकारी मार्फत छिटो रिपोर्ट पठाउन दवाव दिएका छन ।
नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व सांसद कृष्ण प्रसाद यादवको नेत्रुत्वमा गएका टोलीले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे सित भेट गरी रौतहटबाट परिक्षणको लागि पठाइएको स्वावको रिपोर्टमा ढिलाई किन भैरहेको भन्दै प्रश्न गरेका थिए । लकडाउनको कारण किसान हरुको मलखादको समस्या उत्पन्न भएकोले त्यसको आपूर्ति सहज गर्नु पर्ने ध्यानाकर्षण समेत टोलीले गराएको छ ।
कोरोना भाइरसको संक्रमणको आशंकाको आधारमा क्वारेंटाइनमा बसेकाहरुले समयमा पीसीआर रिपोर्ट न आउदा घर जानू पर्ने भन्दै पटक पटक विरोध गर्दै हल्ला खल्ला गर्दै आएकोले व्यवस्थापन गर्न स्थानीय सरकारलाइ कठिनाई भैरहेको रिपोर्ट समयमा चाडै पठाउनलाइ संघीय सरकारलाइ दवाव दिने नेपाली कांग्रेसका नेताहरुले डेलिगेशन लिएर पुगेका थिए ।
सत्ता पक्षका नेता तथा कार्यकर्त्ताहरु नेपाली कांग्रेसका कार्यकर्त्तालाइ नियत बस विभेद गर्ने गरेको र स्थानीय प्रहरीले सत्ताको आड़मा गल्ती गर्नेलाइ संरक्षण गरेको गुनासो गरे ।
पूर्व सांसद जीतेन्द्र यादवले प्रहरीले अनुसन्धानको बहानामा पक्षपात गर्दै आएको आरोप समेत लगाए। नेकपा का कार्यकर्त्ता गल्ती गरे कार्यवाही नगरिने नेपाली कांग्रेसका कार्यकर्त्ताले केहि नगर्दा मुद्दा चलाइने कायम रहेको प्रबृति अंत हुनु पर्ने जोड़ दिए । नेता यादवले निष्पक्ष रुपमा सत्य तथ्यको पत्ता लगाएर अघि बढ्नु पर्ने सुझाव दिए ।
गुनासो सुने पछि प्रमुख जिल्ला अधिकारी घिमिरेले राम्रो काम गर्दा पनि प्रशंसाको साटो उल्टै गाली खानु परिरहेको बताउनु भएको छ । कोरोना संक्रमणको क्षेत्रमा राम्रो कार्य गर्दै आएको भन्दै परिक्षणको दायरा बढाएको र संकलन गरी पठाएकोमा केंद्रीय प्रयोग शाला ,गृह मंत्रालयले यस्तो गर्दै जाचै नगर्ने भने पछि दुःख लागेको टिपण्णी गरे । प्रमुख जिल्ला अधिकारी घिमिरे प्रदेशमा रौतहट अन्यको तुलनामा अहिले सुरक्षित रहेको दावी गरे ।
उहाले किसानको लागि आवशयक रहेको मलखादको आपूर्तिको लागि सम्वन्धित निकाय सित पहल गर्ने प्रतिवद्धता समेत जनाए । घिमिरेले कुनै विभेद पूर्ण कार्य नगरी समानुपातिक ढंगले कार्य गर्दै आएको जिकिर गर्दै स्थानीय स्तरबाट सहयोग गर्नु पर्ने अपील गरे । राम्रो कार्य गरेर पहिचान बनाउने उदेश्य रहेको बताउँदै अहिलेको संक्रमणकालीन समयमा प्रदेश र संघीय सरकारको प्रयाप्त मात्रामा सहयोग नभए पनि स्थानीय तहले सराहनीय कार्य गर्दै आएको जनाए ।
नेपाल प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविराज खडकाले पूर्वाग्रही भएर कसैको प्रभाव दवावमा आएर काम नगरी आफ्नो स्वविबेक र कानून बमोजिम गर्ने गरेको दावी गरे । मानव भएको नाताले कार्य गर्ने क्रममा केहि त्रुटि हुनु स्वाभाविक नै रहेकोले कमी कमजोरी भएको खंडा सुझावको अपेक्षा राखेको बताए । मातहतका प्रहरी कार्यालयबाट केहि कमी कमजोरी भएमा समयमा राय सलाह सुझाव जानकारी दिए सच्याउने प्रतिवद्धता जनाए ।
टोलीमा जिल्ला समन्वव समितिका अध्यक्ष रामएकवाल राय यादव , विधायक प्रत्यासी रामचंद्र गिरी ,नागेन्द्र साह ,बृन्दाबन नगरपालिकाका रामस्नेही राय यादव , परोहा नगरपालिकाका प्रमुख शेख वकील , राजपुर नगरपालिकाका मोहमद शेख सकिल , राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंह , चंद्रपुर नगरपालिकाका प्रमुख रामचंद्र चौधरी लगायतका नेताहरु सहभागी भएका थिए ।