प्रहरी चौकीमा बम विष्फोट, प्रहरी जवान घाइते

1459

रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ । बिस्फोटमा परी एक प्रहरी जवान घाइते भएका छन् । बम विष्फोटमा परी घाइते हुनेमा प्रहरी जवान रहेका छन् ।रौतहटको इशनाथ नगरपालिका ४ स्थित मठिया प्रहरी चौकीमा अज्ञात समूहले सुतली बम विष्फोट गरेको थियो ।

विष्फोटले चौकीमा भने सामान्य क्षति भएको छ । घटना लगत्तै बिष्फोटमा संलग्न एक जना भारतीय नागरिक र उनी सवार मोटरसाइकललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी छ ।