रौतहटमा थप ५३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि

1647

रौतहट २८ जेष्ठ । रौतहटमा थप ५३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । गौर नगरपालिकामा २३, ईशनाथ नगरपालिकामा १४, राजपुर नगरपालिकामा १४ र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बुधबार ५३ जनामा कोरोना संक्रमणको देखिएको हो । संक्रमण देखिएका सबै भारतबाट आएका हुन ।सिमा क्षेत्रबाट उनीहरुलाई सम्बन्धित पालिकाले सोझै क्वारेन्टीनमा लगेर राखेको थियो ।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।यता बाराको सिम्रौनगढ नगरपालिकास्थित कंकाली मावि र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ८ जनामा संक्रमण पुष्टि भएको हो । बाराका प्रहरी नायव उपरिक्षक (डीएसपी) गौतम मिश्रका अनुसार संक्रमित हुनेमा सिम्रौनगढ नगरपालिका–७ का १९ र २७ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ र २७ वर्षीय पुरुष, वडा नम्बर ६ का २३ र ३८ वर्षीय पुरुष, वडा नम्बर ३ का १२ र २ का ४० वर्षीय पुरुष छन .