पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानको कोरोना पुष्टि

989

धनगढी : पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर चागुनारायाण नगरपालिका वडा नम्वर १ दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको बताइएको छ।

ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ। उनका परिवारको सदस्यको समेत परीक्षणका लागि ट्रेसिङ भईरहेको छ। 

दिनेश खबर