लाइफ इन्सोरेन्स कर्पोरेसनको कारनामा ग्राहकको खाताबाट पैसा गायब

248

रौतहट, ५ साउन । नेपाल लाइफ इन्सोरेन्स कर्पोरेसन (एलआईसी) मा ग्राहकले राखेको रकम कतिको भरपर्दो रहेछ त्यसको ज्वलन्त उदाहरण यतिखेर देखा पर्न थालेका छन् । लाइफ इन्योरेन्स कर्पोरेसन भारतको ५५ प्रतिशत सेयरमा संचालित एलआईसी नेपाल लिमिटेडमा लाभकर्ताहरु यानीकी ग्राहकहरुको मेहनेतको कमाई जम्मा गरेको खाताबाट शाखा प्रबन्धकको बदमासीको कारण सुरक्षित नरहेको तथ्य फेला परेका हुन् ।
एलआईसी नेपालको गौर शाखामा चन्द्रपुर घर भएकी सीता देवी खड्काले ५ बर्षको लागि जम्मा गरेको २ लाख ९८ हजार रकमको आउदो जनवरी २०२४ मा मैचुअर्ड हुँदैछ उसले पाउनुपर्ने पर्ने ५ लाख मध्ये २ लाख ६० हजार रकम विना स्वीकृतिको तत्कालिन शाखा प्रबन्धक विपिनकुमार साहले झिकेको रहस्य यतिखेर बाहिरिएपछि एलआईसी प्रति विश्वासको आधारहरु ग्राहकहरुको डगमगाउन थालेका छन् ।
एलआईसीको श्रोतका अनुसार तत्कालिन शाखा प्रबन्धक साहले एलआईसीमा खाता संचालन गर्दा पाँच पृष्ठको फारम नभरिकन सोझै अन्य व्यक्तिहरुको नाममा फर्जी खाताहरु खडा गरेर थुप्रै ग्राहकहरुको रकम चलाएको तथ्यहरु फेला परेका छन् सोही मध्ये सीता देवी खड्का पनि परेकी छिन् ।
करिव ४०० ग्राहक संग तत्कालिन शाखा प्रबन्धक साहले धोखाधडी गरेर एलआईसीको नीयम कानुन विपरित विना कागजातको आधारमा खाता खोल्न लगाएर करिव ५० लाख भन्दा बढि रकम हिनामिना गरेको ति श्रोतले गम्भीर आरोप लगाए ।
श्रोतका अनुसार सीतादेवी खड्काको खाताबाट विना इजाजतको २ लाख ६० हजार सन् २०२० सेप्टेम्बरमा रकम झिकेर ४५ जना ग्राहकको खातामा रकम ट्रान्सफर गरेको देखिन्छ । तर कुन ग्राहकको खातामा ट्रान्सफर गरेको वारेमा श्रोतले केही भनेनन् ।


यस्तै गौर नपा ८ का एक जना ग्राहकले आफनो पुरानो खाता बन्द गरेर त्यहाँ जम्मा रहेका १ लाख २० हजार बाट श्रीमान र श्रीमतीको खातामा आधा आधा रकम राखेर नयाँ खाता खोल्न भनेपछि उनीहरुको खाता नखोली रकम चलाएको पाइएपछि एलआईसी नेपाल माथि विश्वास गर्ने आधार नदेखिएको आरोप ति व्यक्तिले लगाए ।
यसैगरी ग्राहकलाई एलआईसी नेपालको सम्बन्धमा जनचेतना जगाएर खाता खोल्न लगाएका एजेन्ट शैलेन्द साहलाई समेत अनावश्यक रुपमा झन्झट उत्पन्न गराएका थिए तर उनले आफ्नो कार्यशैलीबाट उक्त समस्यालाई समाधान गरेको बताए । एलआईसी नेपालको नीयमकानुन सबै राम्रो रहेको तर शाखा प्रबन्धकको बदमासीको कारण मात्रै एलआईसी माथि प्रश्न चिन्ह खडा भइरहेको हुँदा त्यस्ता कर्मचारीलाई नियमानुसार कारवाही हुनुपर्ने बताए ।
एलआईसी नेपालमा जीवन विमा गराएका गौर नपा ६ का अब्दुल कलामको मृत्यु भएको लगभग पाँच बर्ष हुन लाग्दा पनि उनको आश्रित परिवारले पाउनुपर्ने विमाको रकम लगभग चार लाख रुपैया अहिले सम्म नपाएको पिडित परिवारले गुनासो गरे ।

यस सम्बन्धमा तत्कालिन शाखा प्रबन्धक विपिनकुमार साह संग प्रतिक्रिया लिन खोज्न उनको मोवाईल नम्वर ९८५१३६५५३५ मा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
एलआईसी नेपालको सिइओ प्रणय कुमारले एलआईसी नेपाल आफनो विश्वास र साखलाई कहिल्यै खस्न दिदैनौं । जुन कुराहरु सुन्दैछु हामी गम्भीर भएर अनुसन्धान गर्नेछौं दोषिलाई एलआईसी नेपालको नियम बमोजिम कानुनी कारवाही गरिने बताए । ग्राहकको अनुमति वा हस्ताक्षर तथा एजेन्टको सहमती बिना लोन दिने कार्य हुँदैनन् तर यस्ता कुराहरु आएको प्रति एलआइसी गम्भीर भएर छानविन गर्ने बताए ।cp