पर्साको छिपहरमाई गा.पा .भीस्वाको क्वारेन्टाइन रहेका १४ जनामा कोरोना संक्रमण

1426

धर्मेन्द्र प्रसाद यादव पर्सा -वैशाख ३० पर्साको छिपहरमाई गाउपालिकाको १४ जना मा कोरोना संक्रमण देखिएको छ /गाउपालिकाको भीस्वा क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलनको आज आएको पिसिआर रिपोर्ट अनुसार १४ जना मा कोरोना संक्रमण देखिएको गाउपालिका अध्यक्ष मनोज कुमार गुप्ताले जनाएका छन / बागलुङ बाट ४२ जना आएको र भीस्वा क्वारेन्टाइन राखिएको मा सबै जना को स्वाब संकलन गरि लागिएको थियो /त्यस मध्ये १४ जना मा कोरोना संक्रमण देखिएको बताए /छिपहरमाई गाउपालिकाको ११ जना धोबनी गाउपालिकाको २ जना र भारतको १ जना गरि १४ रहेको गाउपालिका स्वास्थ्य संयोजक शम्भु साहले बताए / कोरोना संक्रमितहरु लाई वीरगंजमा लगिने तयारी भईरहेको संयोजक साह ले बताएका छन /वीरगंज मा समेत सबै भन्दा बढी मा कोरोना संक्रमण देखिएको नारायणी अस्पताल का मेसु डा.मदन कुमार उपाध्यायले समेत पुष्टि गरे / उनले भने आज पिसिआर आएको रिपोर्ट अनुसार पर्साको ३९ जनामा कोरोना संक्रमण देखिएको हो /त्यस मध्ये वीरगंज महानगरपालिका को वार्ड नः २, ३ ,११,१६ ,१७ ,१८ र छिपहरमाईको संक्रमित देखिएका हुन /