अत्यधिक गर्मीका कारण विद्यालय बन्द

401

रौतहट १९ जेष्ठ । केही दिन घामसंगै बढेको अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द हुन थालेको छ । सो क्रममा गौर नगरपालिका क्षेत्रभित्रको विद्यालयहरुमा एक साताको लागि विदा दिइएको छ ।

अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या भएपछि सम्पूर्ण विद्यालय बन्दको घोषणा गरिएको छ । शुक्रबारदेखि विदा लागु हुने गरी आगामी शुक्रबार जेठ २६ गते सम्मका लागि नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।