सिंहदरबार अगाडि बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप

1089

काठमाडौं २६ बैशाख । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि शुक्रबार चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो ।

झडपमा महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका छन् । यस्तै ४ जना चिनियाँ नागरिक पनि घाइते भएका छन् । लकडाउन उलङ्घन गरी निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।

प्रहरीले प्रदर्शन तितरबितर पार्न खोज्दा चिनियाँ प्रहरी माथि नै जाइलागेका थिए । अहिले प्रदर्शन गर्न पुगेका सबै चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुले यसअघि पनि स्वादेश फिर्ता हुन पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका थिए भने पर्यटन वोर्डमा समेत पुगेका थिए । संभार जनता समाचार