रौतहटमा लकडाउन खुकुलो बन्दै

1680

रौतहट २६ बैशाख ।। रौतहट जिल्लाको विभिन्न ठाउमा रहेको बाजार शुक्रवार देखि सञ्चालनमा आएको छ । विश्वभरि महामारीको रूप लिएर फैलिएको कोभीड़ १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले गएको चैत्र १० गते देखि लागू हुने गरेको पूर्ण लकडाउनको घोषणाको ४६ औ दिन खुकुलो गरिएको हो ।
नेपाल सरकारको मंत्री परिसदको निर्णय अनुसार अति आवशयक खाद्यान सामग्री औषधि पसल , दूध डेरी , निर्माण सामग्रीको पसल उद्योग कलकारखना सामाजिक दुरीको पलना गर्दै सञ्चालन गर्ने निर्णय अनुसार पसल खुल्ला गरिएको गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले जनाएको छ ।
गौर बाजारमा अति आवशयक खाद्य सामग्रीको पसल खोल्ने छूट दिए पनि रेडीमेड कपडा पसल लगायतका पसलहरु खुलेको देखिएको थियो । भारतीय खुल्ला सिमाना सित जोडिएको जिल्लाको रुपमा रौतहट रहेकोले संक्रमणको जोखिम बढ़ने खतरा रहेको जानकारहरुको भनाइ रहेको छ । सरकारी कार्यालयहरु बन्द रहेकोले सेवाग्राहीहरुको चहल पहल बाक्लो देखिएको छैन । विहान १० बजे देखि बेलुकी ४ बजे सम्म पसल खुल्ला गरिएको छ । पसल खुल्ला भएपछि सामाजिक दुरी व्यवस्थापन हुन ठूलो चुनौतीको रुपमा देखिएको छ ।
डेढ़ महीना देखिको लकडाउनका कारण जनजीवन कस्टकर भएको अवस्थामा केहि खुकुलो भएपछि कामदार मजदूरी गर्ने व्यक्ति लाइ सहज भएको छ । स्थानीय तहहरुले विकास निर्माणका कार्यहरु विस्तारै सञ्चालन गर्न थालेका हुन । खुकुलो भएको पहिलो दिन नै देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेंद्र पटेलले भवन निर्माणको शिलान्यास समेत गरेका छन ।
स्थानीय वड़ा नम्बर ९ स्थित रहेको जय किसान नमूना विद्यालय धरहरिको नमूना विद्यालय अंतर्गतको प्रशासनिक भवनको नगर प्रमुख पटेल र उप प्रमुख परनिया देवीले संयुक्त रुपमा शिलान्यास गरेका हुन । निर्माण हुने भवनको अनुमानित लागत इस्टीमेट ९५ लाख रहेको छ ।