रौतहट । छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाइँदै छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् ।
साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर राखेर खीर तथा माटोको भाँडोमा गहुँको रोटी पकाउँ छन् ।
रोटी’ बेलुकी तिर चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरुले खाने गर्दछन् ।
त्यसपछि उनीहरु पानीसमेत नपिई व्रत बस्छन् ।