संकटको वेला विपन्नलाई राजनको राहत

1583

रौतहट । विश्व कोरोना भाईरससंग लडिरहेको वेला दैनिक ज्यलादारीबाट गुजारा गर्ने विपन्न परिवारलाई छाक टार्नलाई समेत समस्या भईरहेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि सरकारले घोषणा गरेको लक डाउनका कारण दिन भरि काम गरेर जिवन यापन गर्ने गरिब तथा विपन्न परिवार मारमा परेको वेला मत्सरीका मनकारी युवा राजन झाले त्यस्ता परिवारहरुलाई राहत उपलब्ध गराउनु भएको हो ।

रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका करिब १५० विपन्न परिवारलाई प्रत्येक घर परिवार १० किलो चामल,१ किलो दाल, १ प्याकेट नुन र एक थान हात धुने साबुन वितरण गरिएको पत्रकार चञ्चल झासंग फोनमा कुरा गर्दै झाले बताउनु भयो । भनिन्छ नि “दिने मान्छे को मन ठुलो हुनु पर्छ धनले हुदैन ” हो मत्सरी निवासी राजन झाले आफ्नै श्रोत र पहलमा स्थानिय जनप्रतिनिधी तथा प्रशासनको उपस्थितीमा राहत वितरण गरिएको राजनका वुवा भवनाथ झाले बताउनु भयो । राजनका आमा र वुवाको हातबात राहत पाए पछि विपन्न परिवारमा खुशी देखिएको थियो । कर्यक्रममा समजिक दुरीको नियम को पालना गरिएको थियो । यस्तो बिपत्तिको बेला राजन जस्तै उदार मन र सहयोगी हातहरुको अपेक्षा समाज तथा सम्पुर्ण मुलुकले गरेको मत्सरीका वाड अध्यक्ष डिके झाको भनाई रहेको छ । गरिबलाई राहत वितरण गरेर प्रशंशाका पात्र बनेका राजनलाई संकटको घडीमा राहत वितरण गराउनु भएकोमा स्थानियवासीहरुले धन्यवाद दिएको थियो । झाको कार्यलाई सवैले सरहना गरेको छ । यस्ता कार्यबाट अरुले पनि सिक्नु पर्ने देखिन्छ ।