चिङ्गाड गाउँपालिका वडा न २को वडा कार्यलयमा तालाबन्दी।

2063

खगेन्द्र हमाल कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न २ सुर्खेतमा राहत वितरणमा विवाद हुँदा नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा कमिटी २ रानिबासले वडा कार्यलयमा हिजो ताला लगाएको छ।संघीय सरकार र प्रदेश सरकारले दैनिक ज्यालादारी काम गरेर दैनिकी जीवन चलाउने अति विपन्न गरिव घरपरिवारलाई यो लकडाउनको अवधीमा विशेष राहत दिने निर्णय गरेपछि प्रदेश सरकारले स्थानीय तहहरुमा राहत स्वरुप रकम छुट्ट्याएको छ।

प्रदेश सरकारले चिङ्गाड गाउँपालिकालाई दिएको रकम बाट खरिद गरिएको राहत वितरणका सामाग्रीहरु वितरण गर्नु पुर्व नै वडा न २ का वडा अध्यक्ष बुदे खत्री र नेपाली काङ्ग्रेसका कार्यकर्ताले एकलौटी रुपमा विपन्न गरिव घर परिवारलाई छुट्याएर टोलटोलमा आफ्न कार्यकर्ताहरु खटाई आफ्न नाता पर्ने पार्टी निकटका ब्यक्तिहरुको नाम संकलन गरि राहत वितरण गर्ने प्रयास गर्दा वडा कार्यलयमा तालाबन्दी गरिएको नेकपा वडा कमिटी सचीव तिल बहादुर रानाले जानकारी दिनुभयो ।

नेकपा २ न वडा कमिटीले सर्वदलीय सर्वपक्षीय सहमति गरेर अगाडी बढ्ने कैयौ पटकको प्रयासलाई वडा अध्यक्षले वेवास्ता गर्दा यस्तो परिस्थिति खडा भएको सचिव रानाले जानकारी दिनुभयो।यसरी घरघरमा आफ्न पार्टीका कार्यकर्ताहरु खटाएर नाम संकलन गरि नेपाली काङ्ग्रेस र तरुण दलले राहत वितरण गर्दैछ भन्ने भ्रामक प्रचार गरि नेपाल सरकारको नियमलाई सिधै उलंघन गरेको बताउनुभयो ।

यस समस्याको समाधान गर्न स्वयंम चिङ्गाड गाउँ पालिका तयार नरहेको हुँदा वडा कार्यलयमा ताला लगाएको सचिव रानाले जानकारी दिए।

यस बारेमा थप सत्यतथ्य बुझ्नको लागि हामीले २ न.वडा अध्यक्ष बुदे खत्री ज्युसंग टेलीफोन सम्पर्क गर्दा उहाले भन्नुभयो केन्द्रमा केपि ओलि र प्रदेशमा महेन्द्र बहादुर शाहीले जतिवेला मन लाग्यो त्यतिबेला वडा कार्यलय बन्द गर्न मिल्छ जस्ता जवाफहरु दिनुभयो।यसै सन्दर्भमा गहन बिषयमा कुराकानी गर्ने अवसर नपाएपनी एक मिनेटको कुराकानीमा खासमा भाको के हो?

किन वडा कार्यलयमा तालाबन्दी गर्नै पर्ने अवस्था आयो?भन्ने प्रश्नको जवाफमा उहाले भन्नुभयो यो हावा समाचार हो सबै समस्याको समाधान र सहमति भैसकेको बताउनुभयो।उता भने वडा कार्यलयमा अहिलेसम्म तालाबन्दी रहेकोे विभिन्न वडावासि तथा राजनीतिक बुद्धिजीवीहरुले जानकारी दिएका छन।

यतिबेला विश्व कोरोना भाईरसले आतंक बनिरहेको यस दुखद भयावह परिस्थितिमा नेपाल सरकारले निर्देशन गरेका नीति नियम निर्देशनलाई पालन गर्नुपर्नेमा २ न वडाले उल्टै यसको ठाडो उलंघन गरेको रानाले बताउनुभयो।नेकपा २ नम्बर वडा कमिटीले जारी गरेको प्रेस बिज्ञप्तिमा

जबर्जस्ति राहत वितरण गर्न खोजेमा त्यसको परिणाम स्वयंम गाउँपालिकाले भोग्नुपर्ने सुझाव सहित उल्लेख गरिएको छ।केहि दिन पहिले विभिन्न मिडिया तथा सामाजिक संजालमा यसबारेमा समाचार आएपछि नेकपा र काङ्ग्रेस कार्यकर्ताहरुले एक अर्कालाई आरोप लगाउदै आएका छन।राहत वितरणमा विवाद हुदा गापा र सम्बन्धित वडा नै यसको प्रमुख जिम्मेवार भएर तत्काल समस्याको समाधान गर्नुपर्नेमा उल्टै मौन भएर बसेको स्थानीय वासिहरुले जानकारी दिएका छन।

स्थानीय वासिहरुको जनगुनासो अनुसार अन्य क्षेत्रमा दोस्रोपटक राहत वितरण गरिसक्दा पनि २ न वडामा अहिलेसम्म राहत वितरण नभएको र राहत वितरण गर्नका लागि गरिव जनताहरुको भोको पेटमाथि जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले राजनीति गरेको बताए ।