रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा राहत वितरणमा अहिले सम्म कुनै किसिमको गड़वड़ी नदेखिएको नेकपाका नेता एवं नगरप्रमुखका प्रत्यासी भिखारी प्रसाद यादवले बताउनु भएको छ ।
नेकपाको जिल्ला सदस्य समेत रहेका यादवले आफ्नो वड़ामा सर्वदलीय निर्णय अनुसार राहत सामग्री वितरण भैरहेको बताउँदै गुणस्तरहिन् चामल वितरण भएको कुरो गलत रहेको बताए ।
नेकपा नेता यादवले केहि वड़ा अध्यक्षले राहत वितरण प्रकियामा तल माथि गरेकोले त्यस्तो निर्वा्चित वड़ा अध्यक्ष माथि कार्यवाही गर्नु पर्ने जोड़ दिए । वड़ा नम्बर ७ मा स्तरीय चामल दाल वितरण भैरहेको बताउँदै यादवले हल्ला सुनेको तर यथार्त नरहेको दावी गरे ।
राजदेवी नगरपालिकाले सोना मंसुली चामल २५ किलो , मसूरीको दाल ३ किलो , चीनी २ किलो ,नून २ किलो ,खानेतेल २ लीटर , साबुन ४ पीस प्रत्येक घरमा वितरण गरेको छ ।
राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले लकडाउनबाट प्रभावित भएकाहरुलाई राहत वितरण गर्ने कार्य जारी रहेको बताए । आफ्नो स्वार्थ पूरा नभएपछि नगरपालिकालाइ नै बदनाम गर्ने खेलमा केहि जिम्मेवार प्रतिनिधि नै लागेको भन्दै सामाजिक संजालमा सार्वजानिक गरिएको कुहिएको चामल राहतको नभई बाहिरबाट ल्याएको चामल रहेको दावी गरे ।
मेयर सिंहले नगरपालिकाको साढ़े सात हजार घर परिवार लाइ राहत वितरण गर्ने लक्ष्य रहेकोले अहिले सम्म ६ हजार ५ सय परिवारको लागि राहत सामग्री व्यवस्थापन गरिएको बताए ।