पत्रकार र स्वास्थ्यकर्मीलाई नेकपा नेता साहले स्वास्थ्य सामग्री उपलब्ध

1056

रौतहट २६ चैत ।  रौतहटमा क्रियाशील पत्रकार र स्वास्थ्यकर्मीलाई नेकपा नेता एवं सांसद् प्रभु साहले स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न साहले एन–९५ मास्क, सेनेटाइजर, सर्जिकल मास्क, पञ्जालगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । उक्त स्वास्थ्य सामग्री रौतहट–३ का ६ वटै स्थानीय तहहरू मौलापुर, कटहरिया, गुजरा, देवाही गोनाही, गरुडा र फतुवा विजयपुर नगरपालिकालगायतमा वितरण गरिने साहले जानकारी दिए । सञ्चारकर्मीलाई भने पत्रकार महासंघ, रौतहटमार्फत उपलब्ध गराइने उनले जानकारी दिए ।