भर्खरै ७.५ तीब्रताको भूकम्प

955

काठमाणडाै ।। बुधबार रसियाको कुरिल टापुमा ७.५ तीब्रताको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले यसबारे जानकारी दिएको छ । भूकम्प लगत्तै सुनामीको चेतावनी दिएपनि पछि यो रद्द गरिएको छ ।

भूकम्पको केन्द्र ५९ किलोमिटर गहिराइमा जापानी शहर सप्पोरोको १४ सय किलोमिटर उत्तर पूर्वमा रहेको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पको क्षती विवरण आउन बाँकी छ ।

सुरुमा सुनामीको चेतावनी जारी गरेपनि भूकम्पका कारण सुनामीको साना तरङ्गमात्रै आएको अब कुनै खतरा नरहेको बताइएको छ ।राताेपाटी