रौतहट । ब्रीटिस काउन्सिल, भिएसओ र युकेएडको साझेदारीमा संचालित जेम्स परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा स्वास्थ्य कार्यालय र सरोकारवालाहरूसँगको बैठक कार्यक्रम स्वास्थ्य कार्यालय गौर, रौतहटमा सफलतापूर्वक सम्पन्न भएको छ ।
बैठकमा जेम्स परियोजनाका रौतहट परियोजना संयोजक संजय कुमार यादवले जेम्स परियोजनाका स्वास्थ्य गतिविधिहरू नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० का गतिविधिहरूको प्रगति र आगामी योजनाका विषयमा प्रस्तुति दिएका थिए । परियोजनाले लागू गरेको स्वास्थ्य कार्यक्रमहरूका कारण स्वास्थ्य सूचकहरूमा महत्वपूर्ण सुधार आएको जानकारी गराइएको थियो ।
परियोजनाका उपलब्धिहरू सुधारिएको स्वास्थ्य परिणामहरू बिरामी र मृत्युदरमा कमी, मातृ तथा शिशु स्वास्थ्यमा सुधार, अत्यावश्यक स्वास्थ्य सेवामा पहुँचमा वृद्धि, दीर्घकालीन रोगहरूको व्यवस्थापनमा सुधार,सुदृढ स्वास्थ्य प्रणाली क्षमता निर्माण, पूर्वाधार विकास, आपूर्ति श्रृंखला व्यवस्थापन, सामुदायिक स्वास्थ्य प्रणालीमा सुधार, सशक्त समुदायहरू स्वास्थ्य साक्षरतामा वृद्धि, व्यवहार परिवर्तन, सामुदायिक सहभागिता र वकालत, सामाजिक प्रभावहरू सामाजिक समानता र समावेशीकरणमा सुधार बैठकमा राखिएको थिए ।
बैठकमा स्वास्थ्य कार्यालय र गौर नगरपालिका स्वास्थ्य शाखाका गरी २० जनाले सहभागिता जनाएका थिए । स्वास्थ्य कार्यालय प्रमुख र गौर नगरपालिका स्वास्थ्य शाखा प्रमुखले आफ्ना धारणा राख्दै परियोजनाका कार्यक्रमहरू उपयोगी रहेको बताएका थिए । सहभागीहरूले बैठकलाई प्रभावकारी र उपयोगी ठहर गर्दै आसमान नेपाल, जेम्स परियोजना र परियोजना संयोजक संजय कुमार यादव लाई धन्यवाद दिएका थिए । साथै यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन आसमान नेपाल गौर शाखाका स्वास्थ्य सहजकर्ता मंजु रजक र सुरज सहनी, फाइनान्स अफिसर आशिष कुमार मिश्र, अजित कुमार यादव र ख्क्इ रौतहटका आरती पटेलको विशेष भूमिका रहेको थियो ।
कार्यक्रमको समापनमा परियोजना संयोजक संजय कुमार यादवले आसमान नेपाल, जेम्स परियोजना रौतहटको टोलीले यस कार्यक्रमलाई सफल बनाउन गरेको मेहनत र समर्पणप्रति आभार व्यक्त गरे । एक दिने यो बैठकले रौतहटमा जनस्वास्थ्य, वकालत र सामाजिक परिवर्तनमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।
Home मुख्य समाचार आसमान नेपालको आयोजनामा स्वास्थ्य कार्यालय र सरोकारवालाहरूसँगको बैठक सफलतापूर्वक सम्पन्न