रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्थित सामुदायिक भवनमा डाक फाउन्डेशनको सहयोग, नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल गौर ८ पुरेनवा आयोजनामा तथा रौतहट क्षेत्र १ क प्रदेश सासद नागेन्द्र साह र मनोज यादवको स्थानीय आयोजनामा निशुल्क शिविर सम्पन्न भएको हो ।
शिविरमा ४ सय ६८ जनालाइ निशुल्क आखा परिक्षण गराएका थिए । जसमा १ सय ३६ जनालाई मोतिया विन्दु भएको हुँदा उनीहरुलाई निशुल्क रुपमै शैल्यक्रिया गरिने शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डले जानकारी दिए ।
१ सय ६३ जना आँखाको विरामीलाई चश्मा र ३ सय ९ जनालाई औषधी निशुल्क रुपमा उपलब्ध गराइएको कार्यक्रम संयोजक पाण्डेले बताउदै स्थानीय बासिन्दाहरु सहज रुपमा आएर लामबद्ध भई एकदमै अनुशासित रुपमा आँखाको परिक्षण गराएकोमा खुशी व्यक्त गरे ।
रौतहट क्षेत्र १ क प्रदेश सासद नागेन्द्र साह ,गाउँपालिका अध्यक्ष शम्भु सिंह,मनोज यादव समाजसेवी, स्थानीय नेता, दुर्गा भगवती गाउँपालिकाको स्वास्थ्य संयोजक र पत्रकारलगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।