डिएसपी महतोलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ।

2095

अमित ठाकुर।रौतहट।भदौ १८। प्रहरी हिरासतमै मृत्यु भएको बिजय महाराका परिवारले न्याय नपाएको भन्दै दलित समाजले अाज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। गत महिनाको अन्तिम सातामा गरुडा नगरपालिकाका वडा नंबर ८ जिङ्गडवा निवासी २० बर्षीय युवकको हत्यामा संलग्न रहेको भनी ७ जनालाई पक्राउ गरि ज्यान कसुर सम्बन्धि मुद्दा चलाएको थियो। ७ जना मध्ये १९ बर्षीय बिजय महरालाई प्रहरीले तीन दिन सम्म यातना दिँदा उपचारको क्रममा मृत्यु भएको थियो। मृत्यु भएको दुई साता भन्दा बढी हुँदा पनि मृतक महाराको परिवारले अहिले सम्म न्याय नपाएको भन्दै मृतकका अामा बुवाको अाँसु रुकेका छैनन्। महाराको अामा बुवाले भने त्यही एउटा सहारा रहेको भन्दै अब अगामी दिनमा कसरी परिवारको गुजारा चलाउने, जेठो छोरा पहिला नै बिरामी भई मृत्यु भईसकेको हो अर्को छोरालाई प्रहरीले मार दियो।अब हामीहरुको बाच्ने अधार नै छैन्।पिडित परिवारलाई न्याय नपाएको भन्द‌ै सयौं संख्यामा दलित अगुवाहरुले सदरमुकाम गौरमा डिएसपी मुर्दाबाद,प्रहरीको गुण्डागर्दी बन्द गर,गृहमन्त्री मुर्दाबादका नाराकम साथ प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए।दलित नेता धर्मेन्द्र पासवानको नेतृत्वमा गौर बस पार्कबाट निस्केको रैली गौर बजारमा परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए। नेता पासवानले भने हाम्रो कार्यक्रम २२ गते सम्म निरंतर छ, त्यति सम्म न्याय नपाए,२३ गते गौर भराउ कार्यक्रम हुनेछन्।उनले भने विभिन्न योजनाबद्धका साथ हिरासतमा रहेका बिजय महरालाई प्रहरीले मारेका छन्। महाराको पोस्टमार्टमका बेला म स्वयम् त्याहाँ थिए, डाक्टरको अनुसार बिजय महाराको मृत्यु त्यसतै भएको होईन महारालाई अत्याधिक कुटाइका कारण मृत्यु भएको हो। तर प्रहरीले अाफु बाच्नको लागि महाराको किड्नीमा पहिलाबाटै समस्या भएको कारण मृत्यु भएको दावी गरेका छन्।