एसइइको परिक्षामा रौतहटबाट ७७०५ जना सहभागी हुने

1724

रौतहट, ३ चैत । आउदो चैत ६ गतेबाट हुन लागेको एसइइ परीक्षामा ७७०५ जना परिक्षार्थीहरु सहभागी हुने भएको छ । २०७६ सालको एसइइ परीक्षामा नियमित र ग्रेडवृद्धि तर्फ गरी ७७०५ जना छात्रछात्राहरु सहभागी हुने भएको जिल्ला शिक्षा इकाई कार्यालय रौतहटले जनाएको हो । जिल्लाभरीमा रहेका ६५ सामुदायिक विद्यालय, १७ संस्थागत विद्यालय, १ खुला विद्यालय र ६ प्राविधिक विद्यालय गरेर ८७ वटा विद्यालयबाट एसइइ दिने छात्रछात्राहलाई ३० बववटा परिक्षा केन्द्र कायम गरेर ७७०५ रहेको जिल्ला शिक्षा इकाइ कार्यालय प्रमुख रामविनय सिहले बताए । ३० जना केन्द्राध्यक्ष, ५२ सहायक केन्द्राध्यक्ष, ३८८ निरीक्षक, ७६ परीक्षा सहायक, १५५ कार्यालय सहयोगी र ५४० सुरक्षाकर्मी परिचालन हुनेछ ।

शिक्षा इकाइ कार्यालयद्धारा जिल्ला समन्वय समितिको कार्यालयमा नियुक्त भएका केन्द्राध्यक्षहरुलाई निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले परिक्षालाई मर्यादित, अनुशासित, पारदर्शी रुपमा संचालन गराउन र अनावश्यक रुपमा परिक्षा केन्द्रमा अमर्यादित कार्य गराउने केन्द्राध्यक्ष विरुद्ध कारवाही हुने बताए । परिक्षा केन्द्रमा खलल पुर्याउने तत्वहरुलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले समातेर कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासन कटिबद्ध रहेको हुँदा परिक्षालाई सभ्य एवं मर्यादित बनाउने कार्यमा केन्द्रध्यक्ष बाहेक स्थानीय अभिभावकहरुको त्यतीकै जिम्मेवारी हुने गरेको स्पष्ट पारे । अहिले विश्वव्यापी महामारीका रुपमा रहेका कोरोना भाइरसबाट सचेत रहन प्रत्येक परिक्षाकेन्द्र बाहिर हेल्प डेक्सको स्थापना गर्ने नेपाल सरकार शिक्षा मन्त्रालयको लक्ष्य रहेको हुँदा अनिवार्य रुपमा चेकजाँच गराएर परिक्षाकेन्द्र भित्र जान समेत उनले बताउदै नियमित रुपमा एसइइ परिक्षा अनुगमन समितिको अनुगमन गरिने बताए ।Chat Conversation EndType a message…