साहको आड़मा घेरा हालेर आक्रमण गर्यो वड़ा अध्यक्ष यादव

1366

रौतहट ४ चैत्र // रौतहट जिल्लाको गरुडा नगरपालिका वड़ा नम्बर ६ का नेकपा एमालेका तर्फबाट निर्वाचित वड़ा अध्यक्ष अशोक यादवले हत्या गर्ने योजना बनाएर एक्कासि हमला गरेको बताएका छन ! पूर्व नेकपा माओवादीका तर्फबाट स्थानीय वड़ा अध्यक्षका प्रत्यासी रामबाबू चौधरीको नेतृत्व मा आएका १५ -२० जनाको समूहले बसेर छलफल गरी रहेको अवस्थामा गएको शनिवार हत्या गर्ने मंसायले आफु माथि हमला गरेको आरोप लगाएका छन ! संचारकर्मी सित कुरा गर्दै अध्यक्ष यादवले १ वर्ष देखि विरामी रहेको र केहि दिन देखे स्वास्थ्य भए पछि आफ्नो वड़ाका वड़ा बासी सित भेटघाट गरौ भने उदेश्यले स्थानीय पोठियाही निवासी पूर्व गाविस अध्यक्ष चेथरू यादवको दरवाजामा बसेर कुराकानी गर्दै गरेको अवस्थामा घेरा हालेर हमला गरेको बताए ! संघीय सांसद प्रभु साहको आड़मा आतंक मचाऊदै आएका समूहले आक्रमण गरी गाडीको सीसा फुटेको दावी गरे ! गाउमा दादागिरी शैलीमा गरीव असहाय व्यक्तिलाइ त्रसित बनाउदै आएका रामबाबू चौधरी छोटेलाल चौधरी , दिनेश यादव , लालू यादव ,रामसागर मंडल लगायतका समूहले हमला गरी कुटपिट गर्नुको साथै गाडीमा भएको लैपटाब ,मोबाइल ,नगद समेत लुटेको उल्लेख गरे ! वड़ा अध्यक्ष यादवले प्रभु साहले पार्टी गत रुपमा आपराधिक गतिविधि गर्ने व्यक्तिलाई संरक्षण गर्दै गाउमा आतंक मचाउने लगाएको उहाको भनाइ रहेको छ ! घटना लागतै इलाका प्रहरी कार्यालय शिवनगरका प्रहरी नायव निरीक्षकलाइ खबर गर्दा ५ मिनट भित्र घटना स्थल पुगे पनि प्रहरी प्रशासनले कुनै चासो नदेखाउदा त्यस को उपज भोली पलट ईटा भट्टाको घटना भएको जिकिर गरे ! शनिवार राति हत्या गर्ने उदेश्यले हमला गरेका समूहले बाचेको भन्दै पुनः आक्रमण गर्ने योजना बनाउदै गर्दा जानकारी भएपछि मेरो समर्थकहरुले प्रतिकार गर्न खोजे पछि सामान्य विबाद भएको यादवले बताए ! सांसद प्रभु साहले विगतमा गरेको अन्यायको कारण हमला गर्नेको मनोबल बढेको बताए ! वड़ा अध्यक्ष यादवले भने उपद्र मचाउने समूहको राजनितिक संरक्षण प्रभु साहले गर्दै आएको छ ! फाल्गुन २२ सार्वजानिक बाटोमा भएको बरगजको रुख बलजवर्दस्ती रामबाबू र छोटेलालले विक्री गरेकोमा विरोध गर्दा रिसीवी लिएर आफु माथि हमला गरेको थोकुवा गरे ! विगतमा गरेको कार्यमा प्रसाशनले पनि संरक्षण गरेको आरोप लगाउदै प्रहरी प्रसाशनको निष्क्रियताले दण्डहीनता बढेको जनाए ! नभएको घटनाको काल्पनिक घटना बनाएर प्रहरीले राजनितिक दवावमा निर्दोष व्यक्ति माथि मुद्दा चलाउने गरेको बताए ! ७० देखि ७५ बर्ष को उम्र भएका ११ जना माथि प्रभु साहले झूठा मुद्दा दर्ता गराएको बताए ! वड़ा अध्यक्ष यादवले पहिला देखि बजे बूबा मुखिया भएको र अहिले एउटा सानो टोलाको व्यक्ति निर्वाचित भएकोले वड़ा अध्यक्ष नमान्ने भन्दै रामबाबू चौधरीले गाउमा उपद्रव मचाउने गरेको र प्रहरी प्रशासन मौन भएर बस्ने गरेको टिपण्णी गरे ! वड़ा अध्यक्ष यादवले पोठियाहीमा खुल्ला रुपमा ८ वटा रक्सी भट्ठी सञ्चालनमा रहे पनि त्यसको संरक्षण प्रहरीले गर्दै आएको बताए ! स्थानीय उमाशंकर साहको घरको छेउमा नै छोटेलाल चौधरीले भट्ठी सञ्चालन गर्दै आएको छ !