गौरमा लम्पी स्किन रोग विरुद्धको खोप सुरु

588

रौतहट । रौतहटको गौरमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन आजदेखि सुरु गरिएको छ। पहिलो चरणमा वडा न ८ र ९ मा गाई भैसी र गोरु राँगामा यो खोप लगाउन सुरु भएको कार्यालयले जनाएको छ। चैत्र महिनामा देखिएको रोगका कारण गाई बस्तु मर्ने र रोगको संक्रमण बढ्दै जाने क्रम भएपछि नगरपालिकाले खोप लगाउन सुरु गरेको हो । खोप गौर नगरपालिकाको ८ र ९ मा खोप लगाउने कार्य सकिएको छ ।

मगलबार दुई वडामा ‘लम्पी स्किन’ बिरुद्धको खोप लगाउने कार्य सकिएसँगै बुधबारबाट नगरका ६ वडामा पशुप्राबिधिकको सहयोगमा अभियानलाई अघि बढाइने गौर नगरपालिकाको कृषि तथा पशु शाखा प्रमुखले बताउनु भएको छ । कार्यालयले स्थानीय तहका पशु शाखा कार्यालयमार्फत पशु प्राविधिकको सहयोगमा उन्नत जातका गाई, भैँसीमा खोप लगाउँदै आएको छ।

लम्की स्किन विरुद्धको खोप बढी मात्रामा माग गरे पनि देशभरी वितरण गर्नुपर्ने अवस्था रहेकोले अर्को चरणमा आवश्यक मात्रामा खोप आउने कार्यालय प्रमुखले बताए। महामारीका रूपमा फैलिन नदिन खोप अभियानलाई तीव्रता दिएको कार्यालयका पशु चिकित्सकले बताए।