रौतहट ७ जेठ । गरुडा नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा खोजविन हुन थालेको छ । गरूडा नगरपालिका अन्तर्गत पर्ने वडाहरुमा अतिक्रमण गरिएको ऐलानी जग्गाको स्थलगत अनुगमन गरेको गरुडाका मेयर कन्थमणी जयसवालले बताए ।
गरुडा नगरपालिकाका प्रकाशकिय अधिकृत शेख मुस्ताक आलम, २ नं वडा अध्यक्ष कृष्णनन्दन सहनी, ३ नं वडा अध्यक्ष अम्बिका सहनी ,४ नं वडा अध्यक्ष सुनिल जयसवाल लगायत स्थानिय बुद्धिजीवीहरुको रोहवरमा थप प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल तथा निरीक्षण गरिएको गरुडा नगरपालिकाका प्रकाशकिय अधिकृत शेख मुस्ताक आलमले जनकारी िदएका छन ।