अन्तरिक्ष कम्पनी स्पेक्स एक्सले २५ करोड डलर उठाउन खोजियाे

1951

फागुन १०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेक्स एक्सले २५ करोड डलर उठाउन खोजिरहेको छ । अपेक्षा गरिएअनुरुप रकम संकलन हुन सक्यो भने अमेरिकी अर्बपति एलन मस्कको यो रकेट कम्पनीको मूल्यांकन ३६ अर्ब डलर पुग्नेछ । कम्पनीले प्रतिकित्ता २२० डलरका दरले पैसा उठाउन खोजेको भन्दै अमेरिकी समाचार संस्था सीएनबीसीले समाचार छापेको छ । रकम संकलनको यो चरण मार्चको दोस्रो हप्तासम्म सम्पन्न हुने अपेक्षा गरिएको छ । यस विषयमा कम्पनीले अहिलेसम्म केही पनि बताएको छैन । एजेन्सी