कोरोना विरुद्ध भारत र नेपालको तराई मधेशमा दीपावली

1250


राैतहट ।। भारतकाे प्रधानमन्त्री नरेन्द्र मोदीको अाग्रहमा कोरोना भाइरस विरुद्ध भारतमा अाइतबार राति ९ बजे दीप प्रज्वलन गरिएको छ । मोदीको अाग्रहलाई अात्मसात गर्द‌ै नेपालीको तराई मधेशको विभिन्न जिल्ला र ठाउँमा समेत दीप प्रज्वलन गरि दिपावली गरिएको हो । तराइ मघेशमा भारतकाे प्रधानमन्त्री नरेन्द्र मोदीको अाग्रहमा कोरोना भाइरस विरुद्ध भारतमा अाइतबार राति दीप प्रज्वलन गरिएको छ । तराइकाे अघिकाश जिल्लाहरूमा राैतहट,जनकपुर, धनुषा, महोत्तरी, सिरहा लगायत जिल्लामा अाइतबार राति ९ बजे दीप प्रज्वलन गरिएको छ ।

भारती प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेले कोरोना भाइरसको अन्धकारलाई हटाउनका लागि अप्रिल ५ अर्थात् आइतबार देशभर सबैजनालाई एकसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोबाइलको फ्ल्यास लाइट बाल्न आग्रह गरेका थिए । 

प्रधानमन्त्री मोदीको उक्त आग्रह बमोजिम कोभिड-१९ विरुद्धको एक्यबद्धता प्रस्तुत गर्न भारतमा देशभरि आज दीप प्रज्‍जवलन गरी दिपावली मनाइएको छ । कोभिड-१९ विरुद्धको एक्यबद्धता प्रस्तुत गर्न राति दीप प्रज्‍जवलन गरी दिपावली तथा फटका फाेरेर दीप प्रज्‍जवलन मनाइएको छ ।