गौर सबस्टेशनमा मर्मत कार्य, विद्युत सेवा बन्द हुने

110

गौर, रौतहट:
नेपाल विद्युत प्राधिकरण अन्तर्गत गौर वितरण केन्द्रले मिति २०८१ मंसिर ६ गते (शनिवार) गौर सबस्टेशनमा मर्मत कार्य हुने जानकारी दिएको छ। मर्मत कार्यका कारण बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सबस्टेशनबाट सञ्चालनमा रहेका बैरिया, बहुअा, बंकुल, पुरेन्वा, र गौर फिडरमा विद्युत सेवा बन्द रहनेछ।

विद्युत प्राधिकरणले उपभोक्तालाई यस असुविधाको लागि क्षमाप्रार्थी रहँदै समय अगावै काम सकिएमा सेवा तुरुन्त पुनः सञ्चालन गरिने जनाएको छ।

विद्युत सेवाका सम्बन्धमा थप जानकारीका लागि उपभोक्ताले गौर वितरण केन्द्रका कार्यालय प्रमुख, प्रशासन, लेखा शाखा, प्राविधिक, वा फ्युज सेवाका सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

विद्युत सेवाको अवरोधले ग्राहकवर्गलाई पर्न सक्ने असुविधा न्यूनीकरण गर्न विद्युत प्राधिकरणले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।